११ फागुन , सिरहा। — सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादवको घरदैलो कार्यक्रम उत्साहका साथ सञ्चालन भइरहेको छ।
टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका सुझाव संकलन गर्ने तथा विश्वासको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले अभियान अगाडि बढाइएको जनाइएको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका विषयमा आफ्ना धारणा राखिरहेका छन्।
अभियानमा सहभागी कार्यकर्ताहरूका अनुसार अधिकांश स्थानमा मतदाताले परिवर्तनको चाहना व्यक्त गर्दै रास्वपाको चुनाव चिन्ह ‘घण्टी’प्रति भरोसा देखाइरहेका छन्। उम्मेदवार यादवले जनताका अपेक्षा र सुझावलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाले निर्वाचनलाई लक्षित गर्दै क्षेत्रका विभिन्न वडामा निरन्तर घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
















