राजविराजमा शंकास्पद मानिस नियन्त्रणमा, ९ जना भारतिय नागरिक पक्राउ

राजविराज, सप्तरी। राजविराज नगरपालिका–१ स्थित बजार क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न देखिएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार राजविराज बजारमा हिँडडुल गरिरहेका केही व्यक्तिहरू शंकास्पद देखिएपछि खटिएको प्रहरी टोलीले सोधपुछ तथा अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिहरू भारतको पश्चिम बंगाल राज्यका नागरिक भएको खुलेको हो।

उनीहरू राजविराज नगरपालिका–१२ स्थित गरिमा ईँटा उद्योग प्रा.लि. मा कामदारको रूपमा कार्यरत रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ईँटा उद्योगका सञ्चालकसँग समन्वय गरी आवश्यक कागजात जाँच तथा पहिचान खुल्ने प्रमाणसहित उद्योगका सञ्चालक राजेन्द्र प्रसाद भट्टराई स्वयं कार्यालयमा उपस्थित भई ती व्यक्तिहरूको जिम्मा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण यस प्रकार रहेको छः

  1. वर्ष ५२ का ललित मियाँ

  2. वर्ष ४९ का तुफक मियाँ

  3. वर्ष ३५ का इकरामुल मियाँ

  4. वर्ष ४५ का सिराजुल मियाँ

  5. वर्ष ३२ का असरफुल मियाँ

  6. वर्ष ४० का जयानाल मियाँ

  7. वर्ष ३७ का इजाजुल मियाँ

  8. वर्ष २३ का सहाजहान मियाँ

  9. वर्ष ३२ का राहुल मियाँ

जिल्ला प्रहरी कार्यालय सप्तरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा निगरानी कडा बनाइएको जनाएको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more