रवि लामिछाने–बालेन्द्र शाहबीचको एकता हस्ताक्षर शनिबार, केही प्राविधिक कारणले प्रक्रिया सरेको रास्वपाको भनाइ

पुस ११, काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीचको राजनीतिक एकतासम्बन्धी हस्ताक्षर प्रक्रिया शनिबारका लागि सरेको छ। आजै सहमति टुंग्याउने तयारी रहे पनि नेताहरूको व्यस्तता तथा केही प्राविधिक कारणले समय सारिएको रास्वपाले जनाएको छ।
पार्टीका अनुसार पछिल्ला दिनहरूमा भएका लगातार भेटवार्ता र छलफलहरूले सहमतिको ठोस आधार तयार भइसकेको छ। हस्ताक्षर सम्पन्न भएपछि केही दिनमै एकता सम्बन्धी औपचारिक घोषणा सभा आयोजना गर्ने तयारी भइरहेको छ।
स्रोतका अनुसार प्रस्तावित सहमतिअनुसार आगामी निर्वाचनपछि बालेन्द्र शाहलाई प्रधानमन्त्री र रवि लामिछानेलाई पार्टी सभापति बनाउने गरी राजनीतिक खाका तय भइरहेको बताइएको छ। साथै यस राजनीतिक गठबन्धनमा कुलमान घिसिङ लगायतका चर्चित व्यक्तित्वहरू पनि जोडिने सम्भावना रहेको चर्चा चलिरहेको छ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more