प्रतिनिधिसभा निर्वाचन २०८२: सप्तरी क्षेत्र नं. २ का लागि केसब झा , राजेन्द्र महतो, महेस प्र यादव र रिना झा प्रत्यक्ष उम्मेदवार सिफारिस

पुस ९, राजबिराज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी जिल्लाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।
क्षेत्रीय समितिको सिफारिसका आधारमा जिल्ला कार्य समितिले निर्णय गर्दै सप्तरी क्षेत्र नं. २ र क्षेत्र नं. ३ का लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो। जिल्ला कार्य समितिका अनुसार क्षेत्र नं. १ र क्षेत्र नं. ४ का उम्मेदवार सिफारिस भने पछि गरिने जनाइएको छ।
प्रतिनिधिसभा क्षेत्र नं. २ तर्फ प्रत्यक्ष उम्मेदवारका रूपमा राजेन्द्र महतो, केशव झा, संविधान सभा सदस्य महेश प्रसाद यादव र रिणा झाको नाम सिफारिस गरिएको छ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. ३ तर्फ माननीय चन्द्रकान्त चौधरी र गजेन्द्र कुमार मण्डलको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टी स्रोतका अनुसार सिफारिस भएका उम्मेदवारहरूको नाममाथि केन्द्रमा थप छलफलपछि अन्तिम निर्णय हुने छ। उम्मेदवार सिफारिससँगै सप्तरीमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more