जनकपुरधाममा पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

पुस ९, जनकपुरधाम।— विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै क्रिकेट खेलको विकास गर्ने उद्देश्यसहित जनकपुरधाममा पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता मिति २०८२ साल ९ महिना ९ गतेबाट औपचारिक रूपमा प्रारम्भ भएको हो।
जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका  स्थित बारबिघा रंगभूमि मैदानमा आयोजना गरिएको छ।
प्रतियोगिताको उद्घाटन सत्र मधेस प्रदेशका सभामुख राम असीस यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर शाहले गरेका थिए।
उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अम्भु शाह, क्रिकेट प्रशिक्षक नवीन सिंह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पूरण गुप्ता, जनकपुरधाम बृहत्तर विकास क्षेत्रका अध्यक्ष शीतल शाहलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले विद्यालयस्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार प्रतियोगिताले जनकपुरधाम तथा आसपासका विद्यालयका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउँदै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more