सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गरिने,बालेन सरकारको कडा निर्देशन

१४ चैत , काठमाडौ ।  सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप (Betting App) तथा तिनसँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत उक्त निर्णय गरिएको हो।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तत्काल कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ। कार्यसूचीको बुँदा नम्बर ४२ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ— “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।”
नेपालमा कानुनी रूपमा कुनै पनि प्रकारको सट्टेबाजी प्रतिबन्धित रहेको छ। तथापि, पछिल्लो समय अवैध रूपमा दर्जनौँ अनलाइन प्लेटफर्म सक्रिय रहँदै आएका छन्।
यसअघि पनि यस्ता एपहरू बन्द गर्ने प्रयासहरू भए तापनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था थियो। सरकारको पछिल्लो निर्णयलाई भने कडाइका साथ कार्यान्वयन गर्ने संकेतका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more