राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य र विश्वविद्यालय क्षेत्र समेटिए

१९ बैशाख ,काठमाडौं । रामचन्द्र पौडेल ले थप तीन वटा अध्यादेश जारी गरेका छन्।
जारी अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार यी अध्यादेशहरू वर्तमान कानुनी व्यवस्था परिमार्जन गर्दै स्वास्थ्य, शिक्षा तथा सार्वजनिक पद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जारी गरिएको हो।
उक्त अध्यादेशहरूले विशेषगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालन, विश्वविद्यालयहरूको संरचना तथा सार्वजनिक पदाधिकारीको पदमुक्ति प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
सरकारले पछिल्लो समय विभिन्न क्षेत्रमा सुधारका लागि अध्यादेशमार्फत कानुनी संशोधन अघि बढाइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more