१२ फागुन, कैलाली ।कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले आफ्नो उम्मेदवारी स्थगित गर्दै रास्वपाका उम्मेदवार आनन्द चन्दलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले आफूले उठाउँदै आएका एजेन्डा—सुशासन, समावेशिता र विकास—रास्वपाका उम्मेदवार चन्दसँग मेल खाएकाले परिवर्तनका लागि एक ठाउँमा उभिन आवश्यक ठानेर निर्णय गरेको बताए।
‘मेरो एजेन्डा सुशासन, समावेशिता र विकास हो। यी विषय रास्वपाका उम्मेदवारको पनि प्राथमिकतामा छन्। त्यसैले परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ,’ उनले भने।
चौधरीलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेता हरि रेग्मी, जशु भट्ट तथा उम्मेदवार आनन्द चन्दले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै चन्दले चौधरीजस्तो परिपक्व र अनुभवी नेतृत्वको आगमनले रास्वपा थप सशक्त बनेको बताए।
‘उहाँको अनुभव र नेतृत्व क्षमताले हाम्रो अभियानलाई बल पुग्नेछ,’ चन्दले भने।
जगन्नाथ चौधरी यसअघि प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। गत निर्वाचनमा उनले पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए। उनको रास्वपामा प्रवेशसँगै कैलाली–५ को चुनावी समीकरणमा नयाँ मोड आएको विश्लेषण गरिएको छ।
रास्वपाले पछिल्लो समय विभिन्न दलका असन्तुष्ट नेता तथा कार्यकर्तालाई समेट्दै आफ्नो संगठन विस्तारलाई तीव्र बनाइरहेको छ। चौधरीको प्रवेशलाई पनि सोही रणनीतिक अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
नाउपाका जगन्नाथ चौधरी रास्वपामा प्रवेश, उम्मेदवारी स्थगित गर्दै आनन्द चन्दलाई समर्थन
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 30 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 36 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















