धनुषा–१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

२४ फागुन, काठमाडौ ।  निर्वाचन आयोगले धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न निर्देशन दिएको छ।

आयोगले आइतबार जिल्ला निर्वाचन कार्यालय धनुषालाई पत्र पठाउँदै उक्त क्षेत्रमा मत परिणाम घोषणा नगर्न आग्रह गरेको हो। आयोगका अनुसार उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन विचाराधीन रहेकाले अदालतबाट आदेश नआउँदासम्म परिणाम सार्वजनिक नगर्न भनिएको हो।
आयोगले आफ्नो बैठकबाट मिति २०८२ फागुन १८ मा भएको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरेको छ। सो मुद्दामा अदालतबाट आदेश नआउँदासम्म उक्त निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more