एकैदिन ५ हजार ५ सय बढ्यो सुन

८ पुस, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनदेखि सुनको भाउले रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार कारोबार भइरहँदा नेपाली समय १० : ५० बजे प्रतिऔंस सुनको भाउ ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ । एक प्रतिऔंस बराबर २.४३ तोला हुन्छ ।

चाँदीको भाउमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more