अत्यधिक चिसोका कारण जनकपुरधामका विद्यालयमा जाडो विदा घोषणा

पुस ९, जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो विदा दिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार मिति २०८२/०९/११ गते शुक्रबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो विदा गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार उक्त विदा यस शैक्षिक सत्रको स्वीकृत शैक्षिक क्यालेन्डरमा उल्लेखित मिति २०८२/०९/१७ गतेदेखि २०८२/१०/०२ गतेसम्म तोकिएको जाडो विदाबाट कट्टा हुने गरी व्यवस्था मिलाइनेछ।
त्यसैगरी, मौसममा सुधार नआएसम्म जाडो विदा थप गर्न सकिने र सोसम्बन्धी थप सूचना आवश्यक परेमा पुनः प्रकाशन गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैलाई सूचनाअनुसार आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more