१९ जेठ, बिरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँल का अनुसार अदालतले तोकेबमोजिमको धरौटी रकम बुझाइसकिएको छ । पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराई ले मेयर सिंहविरुद्ध दुईवटा कसूरमा मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।
अदालतका अनुसार दस्तखत किर्तेसम्बन्धी कसूरमा ४ लाख रुपैयाँ तथा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।
मेयर सिंह लिखतसम्बन्धी कसूर (किर्ते) मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए । पर्सा जिल्ला अदालतले गत मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पर्साको ठोरीस्थित एक जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्की का अनुसार सिंहलाई मंगलबार बिहान पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार मेयर सिंहमाथि नक्कली कागजातको आधारमा अर्काकी छोरीलाई आफ्नै छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ । सोही विषयमा उनीमाथि लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 44 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 29 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 82 views



















