बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश : ‘साँचो क्रान्ति ज्ञानबाट’

१८ बैशाख , काठमाडौ । —प्रधानमन्त्री  बालेन्द्र साह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शान्ति, अहिंसा र ज्ञानको मार्गमा अघि बढ्न आह्वान गरेका छन्।
सन्देशमा उनले गौतम बुद्ध को उपदेश उद्धृत गर्दै “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ” भन्ने मूल शिक्षाले मानव जीवनलाई सही दिशा दिने बताएका छन्। उनले बुद्धले देखाएको बाटो दुःख निवारणको मार्ग भएको उल्लेख गर्दै ज्ञानको उज्यालोले अज्ञानताको अँध्यारो हटाउने धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेनले “उज्यालोको अभाव नै अँध्यारो हो, र उज्यालो आएपछि अँध्यारो आफैं हट्छ” भन्दै समाजको रूपान्तरण ज्ञान र चेतनाबाट सम्भव हुने बताए। उनले साँचो क्रान्ति हिंसा वा संघर्षबाट नभई “ज्ञ” अर्थात् ज्ञानबाट सुरु हुने उल्लेख गरेका छन्।
बुद्ध जन्मेको भूमिको रूपमा नेपाल सधैं शान्ति र अहिंसाको पक्षमा रहेको उल्लेख गर्दै उनले विश्वशान्तिको कामना गरेका छन्। “अप्प दीपो भवः” भन्ने बुद्धको सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गर्दै उनले बुद्ध जयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more