सरकारद्वारा सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र, ७७ जिल्लालाई अतिक्रमण हटाउन निर्देशन

१८ बैशाख , काठमाडौं — सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने भएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी त्यहाँ निर्माण गरिएका संरचनाहरू हटाउन निर्देशन दिएको हो।
मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न तथा ती जग्गा खाली गराउने विस्तृत कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउन भनेको छ।
शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी पत्रमा जिल्लाबाट प्राप्त योजनाहरू मन्त्रालयले स्वीकृत गरेपछि अतिक्रमण हटाउने कार्यलाई प्रभावकारी बनाउन आवश्यक सुरक्षा व्यवस्था तथा अन्य प्रशासनिक सहजीकरण उपलब्ध गराइने उल्लेख गरिएको छ।
यसअघि पनि मन्त्रालयले २०८२ चैत २० गते सार्वजनिक जग्गा संरक्षण सम्बन्धी परिपत्र जारी गरेको स्मरण गराउँदै, सोही कार्यलाई अझ प्रभावकारी बनाउन सचिवस्तरको निर्णयअनुसार नयाँ निर्देशन जारी गरिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more