माइतीघर घटनाबारे महेश बस्नेतको आपत्ति: निष्पक्ष छानबिनको माग

१४ बैशाख , काठमाडौ ।— महेश बस्नेत ले माइतीघर क्षेत्रमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू र परिवारमाथि भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
बस्नेतका अनुसार साइबर अपराधसम्बन्धी उजुरी दिन माइतीघर मण्डला नजिकै नेपाल प्रहरी साइबर ब्युरो जाने क्रममा त्यहाँको भिडभाड झ्यालबाट हेर्दा केही व्यक्तिहरूले उनकी श्रीमतीसहित केही महिलामाथि गालीगलौज र हातपात गरेका थिए। तर, उल्टै उनकी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले दाबी गरेका छन्।
यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरेको आरोप लगाउँदै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन्। साथै, माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई व्यक्तिविरुद्ध बदनाम र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनको भनाइ छ।
उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्नु उचित नभएको उल्लेख गर्दै पीडितले नै न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि दुर्व्यवहार हुनु र पक्राउ पर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्।
बस्नेतले सम्बन्धित निकायलाई घटनाबारे गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्। अन्यथा, सशक्त प्रतिरोध गरिने चेतावनीसमेत उनले दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    सुनसरीको कप्तानगञ्ज घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    Read more

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more