एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक हुने तयारी

१३ बैशाख , काठमाडौ ।   — राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा वैशाख महिनाको अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल का अनुसार एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ भने अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
उनले सबै प्रक्रिया समयमै सम्पन्न भएमा वैशाखको अन्तिम सातासम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जानकारी दिए। नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
यस वर्ष देशभरका लाखौँ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। नतिजा सार्वजनिक भएपछि विद्यार्थीले अनलाइन तथा विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढाए

    Read more

    अमेरिका–इरान युद्ध अन्त्यको सहमति, शुक्रबार स्विट्जरल्याण्डमा हस्ताक्षर हुने

    Read more