निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक, कर्मचारी ट्रेड युनियन खारेज गर्ने प्रस्ताव

११ बैशाख , काठमाडौ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले ५० भन्दा बढी नयाँ प्रावधान समेटिएको निजामती सेवा विधेयकको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त मस्यौदामा कर्मचारी ट्रेड युनियनको व्यवस्था खारेज गर्ने प्रस्ताव प्रमुख रूपमा समावेश गरिएको छ।
मन्त्री प्रतिभा रावल सहित मन्त्रालयका उच्च अधिकारीहरूको छलफलपछि तयार गरिएको मस्यौदाअनुसार करिब साढे तीन दशकदेखि अभ्यासमा रहेको कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाउने प्रस्ताव गरिएको हो।
मन्त्रालयका अनुसार प्रस्तावित विधेयकमा प्रशासनिक संरचना सुधार, सेवा प्रवाह प्रभावकारी बनाउने तथा निजामती सेवामा अनुशासन र उत्तरदायित्व बढाउने उद्देश्यले विभिन्न नयाँ प्रावधानहरू समावेश गरिएको छ।
तर, कर्मचारी ट्रेड युनियन खारेज गर्ने प्रस्तावले कर्मचारी वृत्तमा बहस र विवाद सिर्जना गर्ने देखिएको छ। कर्मचारी अधिकार, प्रतिनिधित्व र हित संरक्षणमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा सरोकारवालाहरूबीच चासो बढेको छ।
मस्यौदा अहिले छलफल र सुझावका लागि सार्वजनिक गरिएको जनाइएको छ। सरकारले सरोकारवालाहरूको सुझाव समेटेर अन्तिम रूप दिने तयारी गरेको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more