रिहाइपछि ओलीको प्रतिक्रिया: ‘पूर्वाग्रही अभियोग टिकेन, न्यायप्रति आस्था अझ बलियो भयो’

२६ चैत, काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले रिहाइपछि समाजिक संजाल मार्फत  प्रतिक्रिया दिँदै आफूमाथि लगाइएको फौजदारी अभियोग पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्।
ओलीले अनुसन्धानका क्रममा मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गर्दै न्यायप्रति आफ्नो आस्था अझ बलियो भएको बताएका छन्। साथै, रिहाइका लागि आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति उनले आभार व्यक्त गरेका छन्।
उनले सर्वोच्च अदालतको आदेशप्रति सम्मान प्रकट गर्दै प्रहरी हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र आफ्नो उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल का स्वास्थ्यकर्मीप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले नै उपचार खर्च व्यहोर्ने उनले उल्लेख गरेका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी दिँदै उनले यस अवधिमा साथ, समर्थन र शुभेच्छा व्यक्त गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more