२६ चैत, काठमाडौ । — जनकपुरधाम की रुबी ठाकुर उपसभामुख बन्ने भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उनी उपसभामुख पदमा चयन हुने तयारी भएको हो।
श्रम संस्कृति पार्टी बाट समानुपातिकतर्फ निर्वाचित सांसद ठाकुरले पहिलोपटक उच्च संवैधानिक जिम्मेवारी सम्हाल्न लागेकी हुन्।
उपसभामुख बन्ने निश्चित भएपछि उनले यो जिम्मेवारीलाई चुनौतीपूर्ण तर सम्भव कार्यका रूपमा लिएको बताएकी छन्। “अलिक ठूलो जिम्मेवारी भयो, तर म सक्छु,” ठाकुरले भनिन्, “हामीजस्ता भुइँको मान्छेलाई कल्पनै नगरेको ठाउँमा पुर्याइदिँदा निकै खुशी लागेको छ।”
प्रधानमन्त्रीपछि संघीय संसद्को महत्वपूर्ण पदका रूपमा हेरिने उपसभामुख पदमा जनकपुरबाट प्रतिनिधित्व हुने भएपछि मधेश क्षेत्रमा पनि यसको सकारात्मक सन्देश गएको छ।




















