२१ फागुन, काठमाडौ । देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मत खसालेकी छन्। मतदानपछि उनले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको बताएकी छन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, “हामीलाई दिइएको कर्तव्य पूरा गर्यौं। म आज खुसी छु, किनभने देशमा निर्वाचन भयो।”
देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्दा कार्कीले विभिन्न आशंका र आलोचनाको सामना गर्नुपरेको थियो। निर्वाचन हुन नसक्ने भन्दै विभिन्न कोणबाट शंका व्यक्त भइरहेका बेला उनले राजनीतिक दलहरू, युवा पुस्ता र असन्तुष्ट समूहहरूसँग संवाद गर्दै निर्वाचन सम्पन्न गराउने वातावरण तयार पारेकी थिइन्।
यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीशसमेत रहेकी कार्कीले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र राजनीतिक सहमति निर्माणमा सक्रिय भूमिका खेलेकी थिइन्। सरकारले मिलाएको सुरक्षा व्यवस्था र नेतृत्वको प्रशंसा विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सार्वजनिक व्यक्तित्वहरूले गर्न थालेका छन्।
देशभर बिहीबार बिहानदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भएको हो। विभिन्न स्थानका मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक सहभागी भएका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सरकारको व्यवस्थापन र नेतृत्वप्रति सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान, सफल निर्वाचनपछि भनिन्– ‘हामीले कर्तव्य पूरा गर्यौं’
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















