धनुषा–३ मा विमलेन्द्र निधिको पक्षमा ६० बढी ‘जेन जी’ युवाको पार्टी प्रवेश

११ फागुन, जनकपुरधाम। — धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिको पक्षमा युवाहरूको समर्थन बढ्दै गएको छ।

आज ६० भन्दा बढी ‘जेन जी’ युवाहरूको समूह निधिको निजी निवासमा पुगेर पार्टी प्रवेश गरेको जनाएको छ। उनीहरूले आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा ‘गाछी’ छापमा मतदान गरी निधिलाई विजयी बनाउन सक्रिय रूपमा अभियानमा होमिने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता निधिले युवाहरूलाई स्वागत गर्दै लोकतान्त्रिक मूल्य, विकास र स्थायित्वका लागि चुनावमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले युवाशक्तिलाई परिवर्तन र समृद्धिको प्रमुख आधार भन्दै संगठित रूपमा चुनावी मैदानमा उत्रिन आह्वान गरे।
पार्टीका स्थानीय नेताहरूका अनुसार धनुषा–३ मा युवाहरूको उत्साहजनक सहभागिताले चुनावी माहोल थप तातिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more