११ फागुन, काठमाडौ । — पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ। दुर्घटना धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भएको हो।
प्रारम्भिक विवरणअनुसार बस सडकबाट अनियन्त्रित भई त्रिशूली नदी किनारतर्फ खसेको थियो। घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर संयुक्त रूपमा उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्। स्थानीय बासिन्दाहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन। बसमा कति यात्रु सवार थिए भन्ने विवरण संकलन भइरहेको छ। विस्तृत जानकारी आउन बाँकी छ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्यो, १७ जनाको मृत्यु
- Breaking News, समाचार
- ७ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 30 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 36 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















