गोडैता–मधुबनीमा वडा अध्यक्ष यादवद्वारा गरिब दलितलाई कम्बल वितरण

पुस १६,गोडैता–मधुबनी। गोडैता नगरपालिकाको वडा नं. १२ तत्मा टोल मा अत्यधिक चिसोबाट प्रभावित गरिब तथा दलित समुदायलाई लक्षित गरी वडा अध्यक्ष केशव यादवले कम्बल वितरण गरेका छन्। विगत चार वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो अभियान अन्तर्गत यस वर्ष पहिलो चरणमा १५० थान कम्बल वितरण गरिएको हो।
वडा अध्यक्ष यादवले प्रत्येक वर्ष जाडोयाममा चिसोका कारण समस्यामा परेका समुदायलाई सहयोग गर्दै आएको उल्लेख गर्दै भने, “जबसम्म मसँग सामर्थ्य छ, यो परम्परा निरन्तर चलाइरहनेछु।” उनले यो कार्य गोडैता नगरपालिका र सेभ द चिल्ड्रेनको संयोजन  हुँदै आएको पनि जानकारी दिए।

स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष यादवको यस सामाजिक पहलको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यस्तो सहयोगले चिसोबाट प्रभावित परिवारलाई तत्काल राहत पुग्नुका साथै जनप्रतिनिधि र समुदायबीच सहकार्य र विश्वास अझ बलियो बनाएको छ।

कम्बल वितरण कार्यक्रममा वडाका समाजसेवी, स्थानीय प्रशासनका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय स्तरमै सुरु गरिएको यस किसिमको सामाजिक उत्तरदायित्वले अन्य जनप्रतिनिधिलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more