जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

५ असोज , जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज १ गते साँझ करिब ६ः३० बजे बर्थिङका लागि अस्पताल आएकी महिलाका आफन्तहरूले चिकित्सक साहमाथि हातपात गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीले असोज २ गते धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ।

कानुनी व्यवस्था: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत उक्त कसूरमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more