अध्यादेशपछि राष्ट्रियस्तरका कर्मचारी ट्रेड युनियन खारेज

२३ बैशाख , काठमाडौं ।  संवत् २०८३ सालको अध्यादेश नं. ०७ “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश” को आधारमा राष्ट्रियस्तरका निजामती तथा स्वास्थ्य सेवाका कर्मचारी ट्रेड युनियनहरू खारेज गरिएको छ।
सम्बन्धित विभागका पञ्जिकाधिकारीले मिति २०८३/०१/२३ गते गरेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भई क्रियाशील रहेका सम्पूर्ण राष्ट्रियस्तरका ट्रेड युनियनहरूको दर्ता खारेज गरिएको हो।
उक्त निर्णयसँगै निजामती सेवाअन्तर्गत दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल लगायतका ट्रेड युनियनहरू खारेज भएका छन्।
त्यसैगरी, स्वास्थ्य सेवा ऐनअन्तर्गत दफा ९२ क (१) बमोजिम दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन समेत खारेज सूचीमा परेका छन्।
विभागले उक्त निर्णयबारे सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more