राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई नतिजा प्रकाशन तयारी अन्तिम चरणमा

२३ बैशाख ,काठमाडौं ।— राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आउँदो हप्ताको मंगलबारभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको जनाएको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण, डेटा इन्ट्री तथा अन्तिम प्रमाणीकरणका अधिकांश काम सकिन लागेका छन्। बाँकी प्रक्रिया पनि तीव्र गतिमा अघि बढिरहेको र सबै कार्य समयमै सम्पन्न भएमा निर्धारित समयसीमाभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइएको छ।
एसईई नतिजा प्रकाशनको मिति नजिकिँदै जाँदा देशभरका विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा उत्साह र चासो बढ्दै गएको छ। यसपटक पनि नतिजा अनलाइन माध्यमबाट सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
बोर्डले नतिजा सार्वजनिक भएपछि आधिकारिक वेबसाइट तथा अन्य माध्यममार्फत सहज रूपमा नतिजा हेर्न सकिने व्यवस्था मिलाइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more