१७ चैत, काठमाडौ । — नेकपा (एमाले) को सचिवालय बैठकले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीले चैत २५ गतेसम्म जिल्ला तहमा केन्द्रित भएर बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ भने चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने जनाएको छ।
बैठकका निर्णयअनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गरिनेछ।
यसैगरी, विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गतिविधिहरूलाई समेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने र पार्टीले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय गरिएको छ। साथै, जनसंगठन संयन्त्रको बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ।
सर्वदलीय नागरिक संवादलाई अघि बढाउन उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, संसदीय दलहरूसँग सहकार्य तथा प्रभावकारी प्रस्तुति गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकिएको छ। भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पनि पार्टी कार्यालयमा बस्ने जनाइएको छ।
आन्दोलनका थप कार्यक्रम तय गर्न चाँडै पार्टी केन्द्रीय समितिको बैठक बोलाउने निर्णयसमेत गरिएको एमालेले जनाएको छ।
एमाले सचिवालय बैठकका निर्णय सार्वजनिक, चरणबद्ध आन्दोलन घोषणा
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 54 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 33 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 88 views




















