१५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

४ असोज , काठमाडौ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन दोस्रो दिन पनि उत्साहप्रद रूपमा जारी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज असोज ४ गते विभिन्न जिल्लाका वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको हो।

निर्वाचन कार्यक्रमअनुसार ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भई निर्वाचनसमेत भएको कांग्रेसले जनाएको छ। अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ।

आज सम्पन्न अधिवेशनमा ताप्लेजुङदेखि कञ्चनपुर र कैलालीसम्मका अधिकांश जिल्लाका वडा सहभागी छन्। केही निर्वाचन क्षेत्र तथा जिल्लामा भने निर्धारित प्रक्रिया पूरा हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला तथा सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायत आज सम्पन्न हुन नसकेका वडा अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहनेछन्।

कांग्रेसले बाँकी रहेका वडा अधिवेशनसमेत केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार सम्पन्न गरिने जनाएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more