सिरहामा दुवै हात काटिएको अवस्थामा तीन वर्षीय बालक मृत फेला

२९ बैशाख , सिरहा।   — सिरहामा दुई दिनदेखि हराइरहेका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । बालकको शव दुवै हात काटिएको अवस्थामा भेटिएपछि क्षेत्रमा त्रास फैलिएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्रप्रसाद यादवका छोरा अभियान्स यादव शनिबार दिउँसोदेखि हराइरहेका थिए । परिवारले खोजी गरेपछि प्रहरीमा जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा बरियारपट्टी गाउँपालिका–४ कदमपुर पोखरीदेखि करिब पाँच सय मिटर दक्षिणतर्फ रहेको स्थानीय देवप्रसाद यादवको पोखरी किनारमा बालकको शव फेला परेको हो । शव उत्तानो परेको अवस्थामा थियो भने दुवै हात काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    सिमा नाकाबाट ल्याउन पाउने रकम १०० लाई बढाएर ५०० पुरयाईयो

    Read more

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more