नेपाल भ्रमणमा आउन सक्छ इंग्ल्यान्ड क्रिकेट टोली, भारतमा भएको थियो प्रारम्भिक छलफल

२८ बैशाख ,काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै विश्व क्रिकेटको ध्यान तानेको बेला अब शक्तिशाली टोलीहरूको नेपाल भ्रमणको सम्भावना पनि बढ्न थालेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार इंग्ल्यान्ड क्रिकेट टोली ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को सन् २०२७–२०३१ को अन्तर्राष्ट्रिय क्रिकेट चक्रअन्तर्गत सीमित ओभरको शृङ्खला खेल्न नेपाल भ्रमण गर्न सक्ने चर्चा अघि बढेको छ।
रिपोर्टअनुसार भारतमा भएको टी–२० विश्वकपका क्रममा इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) र नेपाल क्रिकेट संघ बीच यस विषयमा प्रारम्भिक छलफल भएको थियो। ईसीबीले भारत भ्रमणअघि नेपालमा तीन खेलको टी–२० शृङ्खला खेल्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ।
यदि यो भ्रमण तय भएमा इंग्ल्यान्ड नेपाल भ्रमण गर्ने पहिलो शीर्षस्तरीय अन्तर्राष्ट्रिय पुरुष क्रिकेट टोली बन्नेछ।
टी–२० विश्वकपका क्रममा इंग्ल्यान्ड क्रिकेट टोली र नेपाल राष्ट्रिय क्रिकेट टोली बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। भारतको वानखेड़े स्टेडियम मा भएको उक्त खेलमा नेपालले इंग्ल्यान्डलाई कडा चुनौती दिएको थियो। रोमाञ्चक बनेको खेलमा इंग्ल्यान्डले नेपाललाई केवल चार रनले पराजित गरेको थियो।
नेपालका कप्तान रोहित पौडेल ले इंग्ल्यान्ड वा अष्ट्रेलियाजस्ता शीर्ष टोली नेपाल आउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताएका छन्।
उनले भने, “इंग्ल्यान्ड वा अष्ट्रेलियाजस्ता टोली नेपाल आउनु निकै ठूलो कुरा हुनेछ। यसले विश्वलाई नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश दिनेछ।”

सभार-भारतीय पत्रीका दैनिक जागरण

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more