हराएका ३ वर्षीय बालक ४ घण्टामै फेला, धनुषा प्रहरीले सुरक्षित रूपमा परिवारको जिम्मा लगायो

३ साउन , जनकपुरधाम।  धनुषा प्रहरीले हराएका ३ वर्षीय बालकलाई चार घण्टाभित्रै सकुशल फेला पारी परिवारको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–८ निवासी प्रकाशकुमार झाका अन्दाजी ३ वर्षीय छोरा प्रियांसकुमार झा शनिबार दिउँसो करिब ३ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए।
बालक हराएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बलुवाबाट प्रहरी टोली तत्काल खोजतलासमा खटिएको थियो। प्रहरीको सक्रिय खोजी अभियानपछि चार घण्टाभित्रै बालक प्रियांसकुमार झालाई सकुशल फेला पारेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो।
त्यसपछि बालककी आमा रिता झालाई कार्यालयमा बोलाई आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सुरक्षित रूपमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीको तदारुकता र शीघ्र परिचालनका कारण हराएका बालकलाई छोटो समयमै परिवारसँग पुनर्मिलन गराउन सफल भएको भन्दै स्थानीयवासीले धनुषा प्रहरीको प्रशंसा गरेका छन्। यस घटनाले “प्रहरी मेरो साथी” भन्ने नारालाई व्यवहारमै पुष्टि गरेको भन्दै नागरिकमा नेपाल प्रहरीप्रतिको विश्वास थप मजबुत बनेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more