साहित्यकार सूजित कुमार झाको मैथिली कृति ‘युग युग सियागाम’ लोकार्पण

पुस ६, जनकपुरधाम।  साहित्यकार तथा वरिष्ठ पत्रकार सूजित कुमार झाको १८औँ कृति मैथिली पुस्तक ‘युग युग सियागाम’ को लोकार्पण सम्पन्न भएको छ। गुरु–शिष्य संवादमा आधारित उक्त कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि द्वय  मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले संयुक्त रूपमा गरेका हुन्।

न्यु भिजन स्कुलमा आयोजित लोकार्पण कार्यक्रममा वक्ताहरूले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लेखक सूजित कुमार झाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले ‘युग युग सियागाम’ कृतिले समकालीन समाजमा गुरु–शिष्य परम्पराको महत्व र सांस्कृतिक मूल्यलाई उजागर गरेको धारणा राखे।

कार्यक्रममा   नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा. राजीव झा, मधेश प्रदेश सभाका उपसचिव विपिन ठाकुर, पर्यावरण अभियानी सुरेश शर्मा, पूर्व केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, शिक्षा अभियानी तथा औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवाल, वरिष्ठ पत्रकार एवं उपप्राध्यापक श्यामसुन्दर शशि, उपप्राध्यापक जीतेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष जीतेन्द्रप्रसाद साह, प्याब्सन धनुषाका अध्यक्ष रविन्द्रकुमार चौधरी, निजी विद्यालयका प्रतिनिधि अवधेश तिवारी र डिके चौधरी, कवि काशीकान्त झा,पत्रकार घनश्याम मिश्र तथा राम युवा कमिटीका पूर्व अध्यक्षद्वय परमेश्वर साह र शम्भुप्रसाद शाह ‘प्रेमी  पत्रकार  मिश्रीलाल मधुकर लगायत विभिन्न पेशा तथा क्षेत्रसँग आबद्ध प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता बिधालयका प्रधानाध्यापक विश्वलाल सिहले गरेका थिए। साथै, विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more