पुस ६, जनकपुरधाम । राणा–राजा शासनविरुद्ध तथा प्रजातन्त्र स्थापना आन्दोलनमा ऐतिहासिक र प्रेरणादायी भूमिका निर्वाह गरेका स्व. रामनारायण मिश्रको ५८औँ पुण्यतिथिका अवसरमा उनका समाधी स्थल गङ्गासागरको पुर्वी डिलमा श्रद्धाञ्जलि तथा प्रार्थना सभा आयोजना गरिएको छ।
कार्यक्रममा स्व. मिश्रले देशको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, त्याग र संघर्षको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो। वक्ताहरूले स्व. मिश्रको विचार, त्याग र संघर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै वर्तमान पुस्ताले उहाँको आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिए।
श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राम सरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मैथिली विकास कोषका अध्यक्ष तथा मधेस प्रदेश कांग्रेस सदस्य जीवनाथ चौधरी, कांग्रेसका युवा नेता दीपक कुमार ठाकुरलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रामनारायण मिश्रको ५८औँ पुण्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न
- समाचार
- ९ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 51 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 31 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 87 views




















