सामाजिक सञ्जाल बन्दले टेलिकम कम्पनीलाई अर्बौंको क्षति

भदौ २१, काठमाडौ । सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि यसको प्रत्यक्ष असर नेपालका दूरसञ्चार कम्पनीहरूको व्यवसायमा पर्न थालेको छ ।

फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता अत्यधिक डेटा खपत हुने प्लेटफर्महरू बन्द हुँदा नेपाल टेलिकम र एनसेल जस्ता प्रमुख कम्पनीहरूलाई अर्बौं रुपैयाँ बराबरको घाटा हुने देखिएको छ ।

एनसेल स्रोतका अनुसार, ग्राहकहरूले प्रयोग गर्ने कुल डेटा ब्यान्डविथको आधाभन्दा बढी हिस्सा फेसबुक र युट्युबले ओगट्दै आएका थिए । यी प्लेटफर्महरू बन्द भएसँगै कम्पनीहरूको मुख्य आम्दानीको स्रोतमा सिधा नकारात्मक असर परेको बताइएको छ ।

विशेषज्ञहरूले सामाजिक सञ्जाल बन्दले न केवल दूरसञ्चार व्यवसाय, बरु डिजिटल अर्थतन्त्र, विज्ञापन उद्योग र विद्युतीय कारोबार प्रणालीमा समेत ठूलो असर पार्ने चेतावनी दिएका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more