जनकपुरधाममा मैथिली साहित्य समाजद्वारा मासिक कवि गोष्ठी सम्पन्न

भदौ २१, जनकपुरधाम ।  मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा मिनाप सभा कक्षमा मासिक कवि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा किरण झा “रश्मि” को अध्यक्षता तथा शितल झा को प्रमुख आतिथ्य रहेको थियो ।

गोष्ठीमा स्थानीय एवं क्षेत्रीय स्तरका ख्यातिप्राप्त कवि तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूमा शुभचन्द्र झा, डा. बिरेन्द्र “मुनि जी”, अभिष्ठ नारायण झा, दुर्गानन्द झा, मोति झा, अस्मिता रानी, आस्था झा, आशा झा, मनमोहन झा, सुमित कुमार झा, बैधनाथ पासवान, प्रमोदानन्द झा, अनजनी झा, शिवानी मिश्र, काशिकान्त झा, बिभा पाण्डे, लव ठाकुर, पुनम झा, बिन्दु ठाकुर, बिभा ठाकुर, बिणा देवकोटा, डा. गायत्री झा, गोपाल यादव, रोसन जनकपुरी, मनोज प्रमेस, देविकान्त मिश्र, कुन्ता पोख्रेल, बिजय दत्त मणि, मनोरमा कर्ण, गुड्डु गर्ग, बिजय यादव, भार्गभी भाव्या लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न कविहरूले आफ्ना कविताहरू वाचन गर्दै मैथिली साहित्यको संवर्द्धन र विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाए । सहभागीहरूले यस्तो गोष्ठीले साहित्यिक सिर्जनालाई प्रोत्साहन मात्र नगरी समाजमा चेतना फैलाउने कार्यमा समेत मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more