साउदी अरबबाट २४ हजार पाकिस्तानी नागरिक निष्कासन

पुस ४, साउदी अरेबिया/ इस्लामाबाद। साउदी अरबले २४ हजार पाकिस्तानी नागरिकलाई देशबाट निष्कासन गरेको छ। ती सबै नागरिक साउदी अरबमा भीख मागेर जीवनयापन गरेको आरोपमा निष्कासनमा परेका हुन्। यो जानकारी पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) का प्रमुख रिफ्फत मुख्तारले संसदको एक समितिलाई दिएका छन्।

एफआईएका अनुसार निष्कासित पाकिस्तानी नागरिकहरूले उमराह तथा पर्यटक भिसाको दुरुपयोग गर्दै मक्का र मदिना जस्ता पवित्र स्थलको आसपास भीख माग्ने गरेको पाइएको छ। यस किसिमको गतिविधिले साउदी अरबको कानुन उल्लङ्घन गर्नुका साथै पाकिस्तानको छविमा समेत नकारात्मक असर परेको एफआईएले जनाएको छ।

पाकिस्तानी अधिकारीहरूले यस्ता गतिविधि रोक्न भिसा दुरुपयोग नियन्त्रण, निगरानी कडा बनाउने तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्ने तयारी भइरहेको बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more