लोसपा महोत्तरीद्वारा क्षेत्र नं. ३ बाट महन्त ठाकुर सर्वसम्मत प्रत्यक्ष उम्मेदवार सिफारिस

पुस ४, महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महोत्तरीले आसन्न प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि महोत्तरी क्षेत्र नं ३ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य महन्त ठाकुरलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सर्वसम्मतिले चयन गरी सिफारिस गरेको छ।

लोसपा महोत्तरीको आयोजनामा सम्पन्न क्षेत्रीय भेलाले पार्टीको नीतिगत निर्णयअनुसार ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। भेलामा सहभागी नेताहरूले महन्त ठाकुरको राजनीतिक अनुभव, संगठनप्रति योगदान तथा क्षेत्रको विकासका लागि गरेको पहललाई ध्यानमा राख्दै सर्वसम्मत निर्णय गरिएको बताएका छन्।

पार्टीका स्थानीय नेताहरूका अनुसार उक्त सिफारिसलाई औपचारिक अनुमोदनका लागि केन्द्रीय नेतृत्वसमक्ष पठाइनेछ। क्षेत्रीय भेलाले आसन्न निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाउन संगठनलाई थप सक्रिय बनाउने निर्णयसमेत गरेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more