पुष १० गते जनकपुरधाममा भव्य तुलसी पूजन, सहभागिताका लागि एनप्याब्सनको अपिल

पुस ४, जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालय, अभिभावक तथा नगरवासीलाई लक्षित गर्दै आगामी पुष १० गते भव्य तुलसी पूजन कार्यक्रम आयोजना गरिने भएको छ।

एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुन लागेको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रममा नगर क्षेत्रका विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको व्यापक सहभागिताका लागि आग्रह गरिएको छ।

एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष दिपक ठाकुरले तुलसी पूजन कार्यक्रम धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवाला पक्षलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा मध्यराति घरमा आगलागी, पूर्वशिक्षक सहनीको जलेर मृत्यु

    Read more

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more