सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे मागमा सहमति, आन्दोलन तत्कालका लागि स्थगित

माघ २, काठमाडौ ।  — सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच २७ बुँदे मागसम्बन्धी सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भएको छ। सिंहदरबारमा सम्पन्न वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।
सम्झौतापत्रमा सरकारका तर्फबाट वार्ता समितिका संयोजकसमेत रहेका जगदीश खरेल र महाअभियानका तर्फबाट संयोजक दुर्गा प्रसाईंले हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त समझदारी भएको हो।
लामो समयदेखि उठाइँदै आएका विभिन्न मागहरूबारे सरकार र महाअभियानबीच निरन्तर संवादपछि सहमति कायम भएको जनाइएको छ। यस सहमतिसँगै मागहरूको सम्बोधन प्रक्रिया औपचारिक रूपमा निष्कर्षमा पुगेको दुवै पक्षले बताएका छन्।
यसअघि माग पूरा नभए फागुन १ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिएका प्रसाईं पक्षसँग सहमति भएपछि तत्कालका लागि आन्दोलनको सम्भावना टरेको छ। सहमति कार्यान्वयनका विषयमा निरन्तर समन्वय र अनुगमन गरिने समझदारीमा उल्लेख गरिएको छ।
सरकारले सहमतिका बुँदाहरू संविधान, कानून र राष्ट्रिय हितअनुकूल कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको छ भने महाअभियान पक्षले संवादमार्फत समस्या समाधानतर्फ सरकार सकारात्मक देखिएको प्रतिक्रिया दिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more