संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, प्रमुख मुद्दा र कार्ययोजनामाथि छलफल

१० बैशाख , काठमाडौं। — बालेन्द्र शाह (वालेन शाह) का राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा तथा सुझावका आधारमा पहिचान गरिएका संविधान संशोधनका प्रमुख मुद्दाहरूमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकमा कार्यदलले तयार पारेका प्रारम्भिक निष्कर्षहरू, सम्भावित संशोधनका क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे पनि छलफल हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यसअघि बसेको पहिलो बैठकले विभिन्न दल, विज्ञ तथा सरोकारवाला निकायहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही प्रक्रियाअन्तर्गत प्राप्त सुझावहरूलाई समेट्दै दोस्रो बैठकले बहसपत्रलाई थप परिमार्जन गर्ने अपेक्षा गरिएको छ।
कार्यदलले निकट भविष्यमा संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारलाई सिफारिस गर्ने लक्ष्य राखेको छ।

  • सम्बन्धित समाचारहरु

    राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना

    Read more

    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजारभन्दा बढी सहभागी, केही जिल्लामा म्याद थप

    Read more