चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

१० बैशाख, काठमाडौं । मधेश मरुभूमिकरण हुन लागेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले मधेश प्रदेश सरकारले चुरे संरक्षणलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।
मधेशमा दिनप्रति दिन जल संकट गहिरिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेता मिश्रले चुरे बचाउन मधेश प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
उनले हालको मधेशको अवस्थालाई पुरानो हराभरा, उर्बरा तथा जलाशययुक्त बनाउन चुरे क्षेत्र संरक्षण गर्न अति आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘एकताका मधेशको अन्नबाली नेपाललाई पुगी विदेशसम्म आयात गरेको कैयौ उदाहरणहरू छन् । तसर्थ मधेश प्रदेश सरकारले चुरे संरक्षणलाई प्राथमिकतामा राख्न अति आवश्यक छ ।’
उनले केही कुराहरू गर्नै पर्ने भन्दै अवैध वा बिनामापदण्डको उत्खनन् रोक्ने, पानी धेरै शोषने विरूवा पूर्णरूपेण बन्देज लगाउने (जस्तै: सपेता आदी), निरन्तर बिक्षारोपणमा ध्यान दिने, पुराना पानीको मुहानहरूलाई सक्रिय बनाउने सुझाव दिए ।
‘यी र यस्ता धेरै उपायहरू छन् जसले गर्दा सिचाई, खानेपानी, खेतको उर्बरा शक्ति, वनजंगल, हावापानी सम्पूर्णलाई स्वच्छ राख्न मद्दत पुग्छ र पानीको अकाल, भोकमरी, खेतीप्रतिको बितृष्णा, अस्वस्थता आदी हटेर जानेछ,’ उनले भनेका छन् ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, प्रमुख मुद्दा र कार्ययोजनामाथि छलफल

    Read more

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more