गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

९ बैशाख, काठमाडौं — गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।

गुरुङले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले जिम्मेवार निर्णय लिन आवश्यक ठानेको बताए। उनले हाल युवापुस्ताबाट उठिरहेको ‘Gen Z आन्दोलन’ ले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरे।

उनले सरकार ४६ जना सहिदहरूको बलिदानमा बनेको भन्दै यसमाथि उठ्ने कुनै पनि प्रश्नको जवाफ नैतिकताबाट दिनुपर्ने धारणा राखे। “मेरोसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले आजैदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भने।

गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने आह्वान गरेका छन्। साथै, उनले सञ्चारकर्मी तथा आम नागरिकलाई पनि पारदर्शिता कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्।

उनले केही सञ्चारकर्मीहरूसँग सम्बन्धित शेयरका विषयहरू पनि क्रमशः सार्वजनिक हुने संकेत गर्दै ‘रामराज्य’ को चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more

    गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    Read more