१० बैशाख , काठमाडौ । — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले ‘इन्ग्रेटेड वाटर सप्लाइ एन्ड सिवरेज म्यानेजमेन्ट प्रोजेक्ट’ कार्यान्वयनका लागि एसियाली विकास बैंक बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
यसैगरी, २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान को करिब ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयका नाममा हस्तान्तरण गर्ने निर्णयलाई सच्याउँदै उक्त जग्गा पुनः प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको छ।
त्यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयहरूको अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
















