राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिनाभित्र कार्यालय खाली गर्न घरधनीको आग्रह

असोज १०, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय रहेको बनस्थलीस्थित भवन घरधनी भरतमणि देवकोटाले पार्टीलाई तीन महिनाभित्र भवन खाली गर्न माग गरेका छन्।

देवकोटाले १० महिनादेखि तोकिएको भाडा नपाएको र पार्टीलाई दिएको ठूलो सापट रकमसमेत फिर्ता नभएको गुनासो गरेका छन्। मासिक साढे तीन लाख रुपैयाँ भाडा तिर्ने सहमति भए पनि सो जिम्मेवारी पूरा नभएको उनले बताएका छन्।

उनका अनुसार भाडा रकम नतिरेको मात्र होइन, सुरक्षासम्बन्धी कारण पनि देखाउँदै रास्वपालाई भवन खाली गर्न अनुरोध गरिएको छ। देवकोटाले समयमै भाडा नतिरेर आर्थिक दबाब बढेको उल्लेख गर्दै तीन महिनाभित्र कार्यालय हटाउन लिखितरूपमै माग राखेका हुन्।

यसअघि रास्वपा पार्टीले उक्त भवनलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आइरहेको छ। अब पार्टीले नयाँ कार्यालय खोज्ने वा समझदारी गर्ने भन्ने विषयमा चासो बढेको छ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more