जेन–जी आन्दोलनमा १३ हजारभन्दा बढी फायरिङ, ओली सरकारको दाबी झुटो प्रमाणित

असोज १०, काठमाडौ ।  भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सामान्य देखाउने उद्देश्यले सडकमा न्यून प्रहरी परिचालन गरिए पनि संसद भवनभित्र भने ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरी योजनाबद्ध रूपमा गोली प्रहार भएको तथ्य बाहिर आएको छ।

प्रारम्भिक विवरणअनुसार दुई दिनमै काठमाडौं उपत्यकामा मात्रै १३ हजारभन्दा बढी फायरिङ भएको खुलासा भएको छ। यति ठूलो संख्यामा गोली चलेको प्रमाण सार्वजनिक भएपछि तत्कालीन ओली सरकारले गरेको ‘ताकी ताकी गोली चलेको छैन’ भन्ने दाबी पूर्णतः झुटो देखिएको छ।

यो तथ्य बाहिरिएसँगै हाल गठन भएको उच्चस्तरीय छानबिन आयोगको अनुसन्धान अझ संवेदनशील र निर्णायक बन्ने देखिन्छ। आयोगले राजनीतिक नेतृत्वदेखि सुरक्षा संयन्त्रसम्मको जिम्मेवारी र गोली प्रहारको आदेश कसले दियो भन्नेबारे गहिरो छानबिन गर्ने अपेक्षा गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा मानवीय र भौतिक क्षति भएको भन्दै आन्दोलनकारी परिवार र नागरिक समाज निरन्तर निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more