जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

असोज १०, जनकपुरधाम।  धनुषाको जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ नजिकै बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्को जना घाइते भएका छन्।

मृत्यु हुनेमा मिथिला नगरपालिका–२ नक्टाझिज निवासी सरोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक घाइते भएका छन्।

प्रहरीका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मोटरसाइकल सडकछेउमा राखिएको पाइपमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते युवकलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको र उनको अवस्था मध्यम रहेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more