राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा–१ को क्षेत्रीय संयोजकमा विजय कुमार राय सर्वसम्मत चयन

पुस ६, जनकपुरधाम।  राष्ट्रिय मुक्ति पार्टी नेपाल, धनुषा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय बैठकले विजय कुमार रायलाई सर्वसम्मत रूपमा क्षेत्रीय संयोजकमा चयन गरेको छ।

क्षेत्रीय इन्चार्ज शंकर कुमार पासवानको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय अनुशासन समिति अध्यक्ष संजय कुमार सिंह, केन्द्रीय सदस्य दीपक यादव, केन्द्रीय सदस्य अशोक ठाकुर, जिल्ला उपाध्यक्ष मनोज साह, जिल्ला सचिव जीवन कुमार यादवलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकमा संगठन विस्तार, पार्टीको भावी रणनीति तथा क्षेत्रीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो। सोही बैठकबाट विजय कुमार रायलाई क्षेत्रीय संयोजकको जिम्मेवारी सुम्पिने निर्णय सर्वसम्मत रूपमा गरिएको हो। नवनिर्वाचित क्षेत्रीय संयोजक रायलाई सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more