राजनीतिक अस्थिरता कायमै रहे राजसंस्था पुनःउत्थानको सम्भावना नकार्न सकिँदैन : पूर्वराष्ट्रपति भण्डारी

पुस ६, काठमाडौ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान राजनीतिक अवस्था तरल र अस्थिर रहिरहे राजसंस्था पुनःउत्थानको सम्भावना नकार्न नसकिने बताएकी छन्।
प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भण्डारीले राजनीति समय र परिस्थितिको खेल भएको उल्लेख गर्दै देश लामो समयसम्म अस्थिर रहिरहे कुनै न कुनै शक्तिकेन्द्रले नेतृत्व सम्हाल्नुपर्ने अवस्था आउन सक्ने संकेत गरेकी हुन्।
उनले पूर्वराजसंस्थालाई पनि नेपालको एक प्रभावशाली शक्तिकेन्द्रका रूपमा चित्रण गर्दै, यदि राजसंस्था पुनःस्थापना भए ज्ञानेन्द्र शाह फेरि राजा बन्न सक्ने सम्भावना रहने बताइन्। पूर्वराष्ट्रपति भण्डारीले ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई फिर्ता दिन्छु’ भन्दै स्वेच्छाले राजगद्दी त्याग गरेको प्रसंग स्मरण गर्दै उहाँप्रति आफ्नो सम्मान रहेको उल्लेख गरिन्।

भण्डारीले ज्ञानेन्द्र शाहमा देशप्रतिको माया र जिम्मेवारीको भावना रहेको विश्वास पनि व्यक्त गरिन्। उनका यी अभिव्यक्तिले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पुनः बहस र चर्चा सुरु गराएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more