माओवादी केन्द्रको निर्णय : केन्द्रीय कमिटी विघटन, महाधिवेशन तयारी सुरु

असोज १०, काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै हालको केन्द्रीय कमिटी विघटन गर्ने घोषणा गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा महाधिवेशनमा होमिने निर्णय गरेको हो।

बैठकपछि नेता देवेन्द्र पौडेलले पत्रकारलाई जानकारी दिँदै भने, “केन्द्रीय कमिटी आयोजक कमिटीमा रूपान्तरण हुने, पदाधिकारी सबै आयोजक कमिटीका सदस्य मात्र रहने र अध्यक्षको संयोजकत्वमा महाधिवेशनमा जाने निर्णय भएको छ।”

पौडेलका अनुसार पार्टीले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।

यो निर्णयसँगै माओवादी केन्द्र अब पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भएको छ भने भावी नेतृत्व र राजनीतिक दिशाबारे पार्टीभित्र बहस तीव्र हुने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more