अमेरिकामा बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसविरुद्ध प्रदर्शन

असोज ११,न्यूयोर्क। संयुक्त राष्ट्रसंघ महासभाको क्रममा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस शुक्रबार अमेरिकामा तीव्र विरोधको सामना गर्न पुगेका छन्।

महासभाको चौथो दिन आफ्ना विचार राख्न संयुक्त राष्ट्रसंघ मुख्यालय पुगेका युनुसविरुद्ध त्यहाँ बाहिरै ठूलो सङ्ख्यामा विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले “युनुस गो ब्याक” र “युनुस पाकिस्तान” जस्ता नारा लगाएका थिए।

विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले नोबेल पुरस्कार विजेता युनुसलाई पक्षपातपूर्ण नीति तथा कमजोर शासनसञ्चालनको आरोप लगाए। उनीहरूको भनाइमा अन्तरिम सरकार अल्पसंख्यक समुदाय, विशेषगरी हिन्दूहरूमाथि भइरहेका आक्रमण रोक्न असफल भएको छ। केही प्रदर्शनकारीहरूले युनुस नेतृत्वको सरकारले यी घटनाहरूलाई मौन समर्थन गरेको आरोपसमेत लगाए।

प्रदर्शनकै क्रममा खिचिएका भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।

ज्ञात रहोस्, सन् २०२४ मा भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसीनाको करिब १५ वर्ष लामो सत्तारूढ अवधि अन्त्य भएको थियो। त्यसपछि बंगलादेशमा अन्तरिम सरकार गठन भई मोहम्मद युनुस त्यसको प्रमुख बनेका थिए।संयुक्त राष्ट्रसंघमा युनुसको यो दोस्रो सम्बोधन हो। तर यसपटक उनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश गर्नु अघि नै तीव्र जनविरोधको सामना गर्नुपरेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more